माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची (प्रदेशगत)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागि हुने जनाएको छ । पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । सबैभन्दा धेरै प्रतिनिधि वागमतीबाट हुने छन् भने सबैभन्दा कम प्रवासबाट हुने छन् ।

प्रतिनिधित्व विवरण :

१. कर्णाली- ८७

२. सुदूरपश्चिम- ८४

३. प्रदेश १- ९६ जना

४. प्रदेश २- १०६ जना

५. वागमती प्रदेश- १२८

६. गण्डकी प्रदेश- ७५

७. लुम्बिनी- १०५

८. प्रवास प्रदेश- ३४

९. विशेष प्रदेश- ४२

१०. सम्पर्क समन्वय- ४३