प्रतिनिधिसभा बैठक पुस १८ सम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको हो ।

यसैबीच, आफूले हटाएकाहरुलाई सभामुखले कारबाही गर्नुको साटो साँसदको रुपमा संसदमा प्रतिनिधित्व गराएको भन्दै एमालेले आफ्नो बिरोधलाई जारी राखेको छ । संसदको चालु १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभा बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।