काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले प्रतिवेदन पारित गरेको हो ।
समितिको बैठकपछि बोल्दै समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिनुभयो ।
सचिव पाण्डेले समितिको प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्न प्रस्ताव गर्ने पनि बताउनुभएको छ । यसअघि फास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो । अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा छ ।
खबर बजार । २० फाल्गुन २०७८, शुक्रबार १५:०१