बाँस्कोटाको भनाई- ढुक्क हुनुस् ‘ओलीटिक्स’ त आयो-आयो…(भिडियो)

सुर्खेत । नेकपा (एमाले) पोलिट्व्यूरो सदस्य तथा पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अब नेपाली ‘पोलिटिक्स’ अर्थात् राजनीतिमा ‘ओलीटिक्स’ आउने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बाँस्कोटाले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार चलाएको भनेर विपक्षीले भन्ने गरेको भए पनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा फेरि ओली नै फर्कने बताउनुभएको छ ।

फाइल तस्बिर

परमादेशले सरकारबाट हटाए पनि आउँदो निर्वाचनमा दुई तिहाई मतको साथ एमाले फेरि फर्कने र ओलीकै नेतृत्वमा देश हाँकिने बताउनुभएको छ । तुलनात्मक रुपले अहिलेको गठबन्धन सरकारभन्दा एमालेको सरकार सयौँ गुणा सहि रहेको उहाँको दाबी छ ।

हेर्नुहोस् भिडियो: