सत्ता गठबन्धनले कर्णालीलाई ‘चोर प्रदेश’को पहिचान गराउन थालेको कँडेलको दाबी (भिडियो)

सुर्खेत । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सत्ता गठबन्धनका दलहरुले कर्णाली प्रदेशलाई ‘चोर प्रदेश’को पहिचान गराउन थालेको बताउनुभएको छ ।

फाइल तस्बिर

एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहनुभएका कँडेलले प्रेस चौतारी नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नेकपा (माओवादी केन्द्र) भित्र प्रदेश सभा सदस्यहरु हुँदाहुँदै कर्णालीमा गैरसाँसद्लाई मन्त्री बनाइएको र बनाइएका मन्त्री समेत मुर्ती चोरीका मुद्दामा अदालतबाट प्रमाणित अभियुक्त रहेकोतर्फ इंगित गर्दै यस्तो बताउनुभएको हो ।

हेर्नुहोस् भिडियो: