काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ ।
गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ । अन्य विषयमा छलफल गर्न जेठ २० मा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उहाँको भनाइ छ । आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताउनु भएको थियो ।
खबर बजार । २३ फाल्गुन २०७८, सोमबार २१:४९