काठमाडौं । समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ ।
काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक ११ बजेका लागि डाकिएको हो ।
आज र भोलि चल्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ ।
नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ ।
खबर बजार । २५ फाल्गुन २०७८, बुधबार ०७:४३