रोल्पा । रोल्पा उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतकाे ६ दलिय गठबन्धनलाई नेकपा (एमाले) एक्लैले पराजित गरेको छ ।
गठबन्धनका माेतिलाल ढकाललाई पराजित गर्दै उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेका केशवकुमार आचार्य विजयी हुनुभएको हो ।
आचार्यले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका वसन्त सुवेदीलाई तीन मतान्तरले पराजित गर्नुभएको निर्वाचन समितिले जनाएको छ । आचार्यले ४ सय ३७ प्राप्त गर्दा सुवेदीले ४ सय ३४ मत ल्याउनुभयो ।
एक हजार २ सय १८ मतदाता रहेको संघको निर्वाचनमा ९ सय ८५ मत खसेको बताइएको छ । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् ।
रोल्पा उद्योग वाणिज्य संघकाे दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
खबर बजार । २५ फाल्गुन २०७८, बुधबार ११:३३