मुख्यमन्त्री पाण्डेद्वारा पदबाट राजीनामा


काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनु भएको छ ।

गएको मंसिर ४ सम्मपन्‍न निर्वाचनमा उहां धादिङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहांले बताउनु भयाे ।

बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताउनु भयाे ।