चिङ्गाडको रहकुललाई अर्गानिक गाउँ बनाउन प्रारम्भिक छलफल


सुर्खेत । चिङ्गाड गाउपालिका वडा नम्बर २ रहकुलमा अर्गानिक खेतीमा वृद्धि ,कर्णाली को समृद्धि भन्ने मुल नाराका साथ अर्गानिक नमुना गाउँ घोषणा कार्यक्रम संचालन सम्बन्धी प्रारम्भिक छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कृषी विकास निर्देशनालय सुर्खेतको आयोजना बुधबार भएको उक्त कार्यक्रममा चिङ्गाड गाउपालिका अध्यक्ष बोध बिक्रम जिसीले रहकुललाइ अर्गानिक गाउँ बनाउनका गाउँपालिकाले कुनै कसँर बाकी नराखेर काम गर्ने बताउनु भयो । कागजमा मात्र नभई साच्चिकै वास्तविक रुपमा अर्गानिक गाउँ बनाउनु पर्नेमा अध्यक्ष जिसिले जोड दिनुभयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिना कुमारी रोकायले चिङ्गाडको सवालमा रहकुलमा कुनै पनि प्रकारको रासायनिक वस्तु प्रयोग नगरी वास्तवमै अर्गानिक चिज वस्तु उत्पादन गर्न कृषकहरुलाई सुझाव दिनुभयो । रहकुललाई अर्गानिक नमुना गाउँ बनाउने घोषणा गरिए पछी स्थानियहरु खुशि भएका छन् ।
कार्यक्रम प्रमुख अतिथि समेत रहनस भएका कृषि बिकास निर्देशनालय सुर्खेतका चित्र बहादुर रोकायले अर्गानिक गाउँ बनाउनका लागी निर्देशनालयले सहयोग गर्र्ने बताउँदै यस मा अग्रसर हुन किसानहरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत समीक्षा सोमै कार्यपालिका सदस्य देउमा सुनार वडा सदस्य तिलक बहादुर रानाको लगाएतको उपस्तिथि रहेको थियो ।