माओवादी केन्द्रका प्रमुख सचेतक विष्टद्वारा राजिनामा (राजिनामा पत्र सहित)

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र), कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पदबाट राजिनामा गर्नुभएको छ ।

काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विष्टको गृह जिल्ला सुर्खेत पुगेकै दिन उहाँले पार्टी छाेड्नुभएको हो । माओवादी भित्र वाैद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छाेड्ने घाेषणाले ठूलै तरङ्ग ल्याएकाे छ ।

उहाँले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने वारेमा आफु निकटका साथीहरूसंग सल्लाह गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

पढ्नुहोस् राजिनामापत्रः