

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र), कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो गृह जिल्ला सुर्खेत पुगेकै दिन पार्टीका सबै जिम्मेवारीबाट राजिनामा गर्नुभएको छ ।

काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ ।
माओवादी भित्र वाैद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छाेड्ने घाेषणाले ठूलै तरङ्ग ल्याएकाे छ । उहाँले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने वारेमा आफु निकटका साथीहरूसंग सल्लाह गरेर अघि बढ्ने जानकारी दिनुभयो । राजिनामापत्र सहित विष्टले पत्रकारसामू आफ्ना भनाई व्यक्त गर्नुभएको छ ।
हेर्नुहोस् भिडियोः
यो पनि पढ्नुहोस्ः
माओवादी केन्द्रका प्रमुख सचेतक विष्टद्वारा राजिनामा (राजिनामा पत्र सहित)

खबर बजार । २७ फाल्गुन २०७८, शुक्रबार २१:३५