एमाले सुर्खेतको अधिवेशनको लागि विषयगत समितिहरु क्रियाशील

सुर्खेत । पुस २३ र २४ गते वीरेन्द्रनगरमा हुने नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतको आठौँ जिल्ला अधिवेशनका लागि गठन भएका समितिहरु क्रियाशील भएका छन् । पार्टीको जिल्ला कमिटी बैठकबाट गठन भएका आठ वटा समिति क्रियाशील भएका हुन् ।

पार्टी अध्यक्ष समेत रहेका ध्रुबकुमार शाहीको नेतृत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृत बहादुर विसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन समिति र प्रचार–प्रसार समितिको संयोजक गंगाराम तिमिल्सेनालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समिति संयोजकमा पूर्ण प्रसाद पौड्याल, स्वयंसेवक परिचालन व्यवस्थापन समिति संयोजकमा चतुर्भुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशिला विकलाई जिम्मेवारी तोकिएको छ । समितिका संयोजकहरुले आफ्ना जिम्मेवारी अघि बढाइएको बताएका छन् ।

सचिवालय सदस्य थपः
एमाले सुर्खेतले पार्टीको जिल्ला कमिटिमा सचिवालयमा सदस्य थप गरेको छ । जिल्ला कमिटि सदस्य समेत रहेका डम्बर तिवारी, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, ऋषी गिरी, खड्क भट्टराई, पूर्ण प्रसाद पौड्याल र यज्ञ ढकाललाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो ।

यसैगरी, टिकाराम सोमै, सुशिला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई समेत जिल्ला कमिटिको सचिवालयमा थप गर्ने निर्णय गरेको प्रचार–प्रसार समिति संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो । आठौं जिल्ला अधिवेशनका लागि सहभागी हुने प्रतिनिधी पुस १७ गतेभित्र वडाबाट छनोट गरिने छ ।

वडाबाट प्रतिनिधी छनोट गर्दा अन्य जाती तथा जनजाती क्षेत्रबाट ३० जना पार्टीका क्रियाशिल सदस्य बराबर १ जना प्रतिनिधी र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधी छनोट हुने भएका छन् । सुर्खेत जिल्लामा ९९ वडा छन् । जसमा एमालेका १२ हजार दुई सय ८० जना पार्टीका क्रियाशिल सदस्य रहेका छन् ।

जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुबकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशनका लागि सर्वसहमतको प्रयासबाट प्रतिनिधी छनोटको प्रक्रिया सुरु गरिने छ ।