करिश्मा मानन्धरले वैशाख ९ गते एमाले प्रवेश गर्ने

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा (एमाले) प्रवेश गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको हो ।

मानन्धरले आफू एमाले अध्यक्ष केपी ओलीबाट प्रभावित भएको सार्वजनिक रुपमा नै अभिव्यक्ती दिने गर्नुभएको छ । उहाँले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गर्नुभएको छ ।

मानन्धर डाक्टर बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग हुनुभएको थियो ।