सुर्खेत । नेकपा एमाले सुर्खेतका ९ वटा स्थानीय तह मध्ये पञ्चपुरीमा उप प्रमुख र सिम्तामा अध्यक्ष र उपाध्यक्ष बाहेक सबैमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
जसअनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उप प्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार तय गरिएको छ । यता, भेरीगंगा नगरपालिकाको प्रमुखमा यज्ञ प्रसाद ढकाललाई सिफारिस गरिएको छ भने गुर्भाकोट नगरपालिकाको प्रमुखमा तिलक खत्री र उप प्रमुखमा सुशीला विश्वकर्मालाई उम्मेदवार तय गरिएको हो ।
यस्तै, लेकबेशी नगरपालिकामा प्रमुखका लागी देव बहादुर राना र उप प्रमुखका लागी बिमला खड्लुक, पञ्चपुरी नगरपालिकाको प्रमुखका लागी धनबहादुर थापालाई उम्मेदवार तय गरिएको छ ।
चिङ्गाड गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी, उपाध्यक्षको लागी मिना रोकाय लाई उम्मेदवार तय गर्दा चौकुने गाउँपालिकाको अध्यक्षको लागी हरिप्रसाद अधिकारी र उपाध्यक्षका लागी निर्मला राना मगर लाई तय गरिएको छ ।
यस्तै, बराहताल गाउँपालिकाको अध्यक्षका लागी घनश्याम पाण्डे र उपाध्यक्षका लागी दुर्गा विष्टलाई नेकपा एमालेको तर्फबाट उम्मेदवार तय गरीएको हो ।
खबर बजार । ११ बैशाख २०७९, आईतवार ०७:०६