स्थानिय तह निर्वाचनका लागि कर्णालीमा १३ हजारभन्दा बढीको मनोनयन दर्ता

चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी 

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशमा १३ हजार ४०३ जना उम्मेदवारहरुको मनोनय दर्ता भएको छ ।


निर्वाचन आयोगले दिउँससम्म गरेको अद्यावधिक गरेको विवरणका अनुसार नगरपालिकाको प्रमुखमा एक सय ७६ र उपप्रमुखमा एक सय ६० जनाले उम्मेदवार दर्ता गरेका छन् ।

यस्तै गाउँपालिका अध्यक्षमा तीन सय आठ र उपाध्यक्षमा दुई सय ८८ को उम्मेदवार दर्ता भएको छ । वडा अध्यक्षमा तीन हजार सात, महिला सदस्यमा दुई हजार ३२८, दलित महिला सदस्यमा एक हजार ९९८, सदस्यमा चार हजार ९३८ जनाले उम्मेदवार दर्ता गरेका हुन् । अद्यावधिक गर्ने कार्य भइरहेकाले बढ्न सक्ने बताइएको छ ।

देश भर एक लाख ४७ हजार २७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।

भर्खरै प्राप्त जानकारी अनुसार सुर्खेतमा २ हजार २ सय २९ जना उम्मेदवारहरुको मनोनय दर्ता भएको छ । जसध्ये प्रमुख पदमा ७१ उपाध्यक्ष, उपप्रमुख पदका लागी ६४, वडा अध्यक्षका लागि ५ सय १, महिला वडा सदस्याका लागि ४ सय ४, दलित महिला वडा सदस्यका लागि घ सय ५७, खुल्ला सदस्यका लागी ८ सय ३२ जना उम्मेदवारहरुको मनोनय दर्ता भएको छ ।

सबै भन्दा धेरै वीरेन्द्रनगर नगरापलिकामा ४ सय ७७ जन उम्मेदवारहरको मनोनय दर्ता भएको छ ।
यता, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।
वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

यस्तै, निर्वाचनका लागि दैलेखमा एक हजार नौ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ स्थानीय तह रहेको जिल्लामा मेयर्अध्यक्षका लागि ७७ जना र उपमेयर्उपाध्यक्षका लागि ६५ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा दुई दलितसहित तीन महिलाले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट सुन्दरा शाही, छत्रेस्वरीमा नेकपा (एकीकृत समाजवादी)बाट ओमकुमारी बिक र दार्मा गाउँपालिकामा स्वतन्त्रबाट अनिषा नेपालीले उम्मेदवारी दिएका हुन् ।

यसैविच,सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।