जसपा नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा अख्तियारको छापा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।

उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

उनका स्वकीय सचिव पक्राउ परे पनि प्रदेश सांसद कुशवाहा भने सम्पर्कविहीन रहेका छन् ।

मधेश प्रदेश सरकारबाट प्रदेश सांसद कुशवाहाको भागमा परेको योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापा मारेको जनाएको छ ।

उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।