रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।
घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा गरिबी निवारण पहिलो प्राथामिकतामा परेको छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, यातायात, सडक पूर्वाधार, उद्योग, कृषि उत्पादन, पर्यटन, खानेपानी, युवा तथा खेलकुद सरसफाइ, सुशासन, विद्युतीकरण, विपद् व्यवस्थापन जस्ता कार्यक्रम समेटिएको छ । यी कार्यक्रम पुरानै हुन् ।
केहि नयाँ कार्यक्रम पनि घोषणपत्रमा समेटिएका छन् । पढ्दै कमाउदै कार्यक्रम, हरित नगर स् सभ्य नगर जस्ता नयाँ कार्यक्रम पनि रुकुमका घोषणापत्रमा समेटिएको छ ।
खबर बजार । २० बैशाख २०७९, मंगलवार ११:१७