काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई नै आग्रह गर्नुभएको हो ।
उहाँले काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताउदै कतिपय कुरा गर्न दुई निकायले मात्रै सम्भव नहुने उल्लेख गर्नुभयो । त्यसलै स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेमा उहाँको जोड छ। त्यसका लागि उहाँले पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
फोहोर व्यवस्थापनको काममा नगरवासीलाई पनि आ(आफ्नो ठाउँबाट जिम्मेवारीको रूपमा लिन आग्रह गर्नुभयो । असार १ गतेबाट नै कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनुका लागि महानगरवासीलाई आग्रहसमेत गर्नुभयो ।
आफू काठमाडौंकै सांसद भएकाले फोहोर मुक्त काठमाडौं बनाउन बनाउन सबैको सहयोगको अपेक्षा राखेका छन्। काठमाडौं महानगरसँग जोडिएका अन्य नगरपालिका र वडाहरूले सँगै काम गर्न आग्रह गर्नुभयो ।
खबर बजार । २५ जेष्ठ २०७९, बुधबार १३:२८