एमालेको ६१ जिल्लामा अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्ने

के छ जिल्ला कमिटीको मापदण्ड ?

काठमाडौं । प्रतिकूल मौसम र तयारी नपुगेकाबाहेक देशभर नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ ।

एमालेकाअनुसार शुक्रबार देशका ६१ जिल्लामा अधिवेशन गर्न लागेको हो । १६ जिल्लाका लागि अधिवेशनको अर्को मिति तय हुने एमालेले जनाएको छ ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ ।

केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

के छ सर्कुलरमा ?
जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी हुनका लागि कम्तीमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।

जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड छ ।

जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड छ ।