विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाँले पद तथा शपथ लिनु भएको हो ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउनु भएको छ ।
एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री बन्नु भएको छ । उहाँहरुले पनि शपथ लिनु भएको छ ।
खबर बजार । २२ भाद्र २०८०, शुक्रबार १९:०७