

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने हुनुभएको छ । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जान लाग्नुभएको हो ।
माओवादीको केन्द्रीय कार्यालयका अनुसार उहाँ साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुहुने भएको छ । उहाँको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन २५ मा नेपाल फर्किनु हुने छ ।

खबर बजार । १० श्रावण २०७९, मंगलवार १४:१२