

काठमाडौं : सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको त्यस्तै प्रमाणकीकरणका लागि पुन: राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बसेको गठबन्धनको बैठकले संसदीय प्रकृया पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले आइतबार १५ बुँदै सन्देशसहित पुनरविचार गर्न संसदमा विधेयक फिर्ता पठाउनु भएको थियो ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता पठाएको सन्देशसहितको पत्र पढेर सुनाउनु भएको थियो ।
यस्तै शान्ति प्रकृयासम्बन्धी दुईवटा विधेयक परिमार्जन गरेर मात्र अघि बढाउने निर्णय भएको प्रवक्ता कार्कीले बताउनु भयो ।

खबर बजार । ३१ श्रावण २०७९, मंगलवार १३:५८