एमाले सुर्खेतमा अमृत बिसीको टीम

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतकाे आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अमृतबहादुर बिसी निर्वाचित हुनुभएको छ ।

निवर्तमान उपाध्यक्षसमेत रहनुभएका बिसीले ३ सय ६८ मत ल्याउँदा प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २ सय ६७ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा कुलमणी देवकोटा, सचिवमा कविन्द्रकुमार केसी र उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली निर्वाचित हुनुभएको छ ।

सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षसमेत रहनुभएका देवकोटाले उपाध्यक्षमा ३ सय ९४ मत प्राप्त गर्दा ऋषि गिरी २ सय २६ मतमा सिमित हुनुभएको छ ।

सचिवमा सिम्ता गाउँपालिकाका अध्यक्ष रहनुभएका केसीले ३ सय ९० मत प्राप्त गर्नुभयो भने, रेशम रानामगरले २ सय ३३ मत पाउनुभयो ।

यसैगरी, उप-सचिवमा पाण्डेले ३ सय ९१ र वलबहादुर नेपालीले ३ सय ६९ मत ल्याएर विजयी हुँदा टिकाराम सुबेदीले २ सय ९ र नेत्रलाल महताराले २ सय ८ मत पाउनुभयो ।