गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी छ: टेकबहादुर गुरूङ

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरूङले चितवनमा पार्टीको कामकाज गर्न गाह्रो हुँदै गइरहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र हाबी हुँदा पार्टीले कामकाज गर्न गाह्रो भएको उहाँको गुनासो छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनको सरकार छ । चितवनका कार्यालय प्रमुख सबै माओवादी छ । मेयर माओवादी, सिडिओ, एसपी, भूमि आयोग, क्यान्सर अस्पताल अध्यक्ष, सरकारी अस्पताल अध्यक्ष माओवादी छ । त्यतिमात्र नभएर गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी छ । अब भन्नुस् चितवनमा हामीले के गर्न सकिन्छ?’

उनले यसबारेमा गम्भीर हुन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । ‘हाम्रो कुरा सुनुवाइ हुँदैन । म केन्द्रीय सदस्य छु, काम केही हुँदैन । वाइसिएल सदस्य जाँदा बरू काम हुन्छ,’ उहाँले गुनासो गर्नुभयो ।

भ्रष्टाचारमा जोडिएर पार्टीका नेताहरूको नाम आउने गरेको पनि उहाँले बताउनु भयो । ‘त्यो समाचार सत्य हो कि के हो ? कहीँ कुरा उठ्छ जवाफ दिन गाह्रो हुन्छ । सत्य हो कि के हा?े,’ उहाँले भन्नुभयो ।