धनुषा । प्रदेश २ को प्रदेश सभाले ‘मधेश’ प्रदेश प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको दुई तिहाइ मतबाट प्रदेशको नाम ‘मधेश’ प्रदेश पारित भएको हो ।
प्रदेश सभामा सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ मत पाएसँगै अन्य प्रस्ताव स्वत: निष्क्रिय भएका छन् ।
‘मधेश’ प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले गरेका थिए ।
एक सय ४ सदस्यीय प्रदेशसभा रहेकोमा मतदानमा ९९ जना उपस्थित भएका थिए । त्यसमध्ये ८० जनाले पक्षमा मतदान गरे भने १९ जनाले विपक्षमा मतदान गरेका छन् ।
खबर बजार । ३ माघ २०७८, सोमबार १४:२९