सागर ढकाल द्वारा तीन दिन निराहार व्रत बस्ने घोषणा

डडेल्धुरा । डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गर्नु भएको छ। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उहाँले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गर्नु भएको हो । अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन, यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उहाँले भिडियो सन्देशमा भन्नु भएको छ,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’ सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गर्नु भएको छ। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उहाँले गर्नु भएको छ। गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेलधुरा आउनु भएको हो। डडेलधुरामा प्रधानमन्त्री देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच  प्रतिस्पर्धा हुदैछ।