

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख ११ हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, चाँदी तोलाको एक हजार तिन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुन तोलाको एक लाख १२ हजार तिन सयमा र चाँदी तोलाको एक हजार चार सय ५ रुपैयाँमा काराबार भएको थियो ।

खबर बजार । २४ भाद्र २०८०, आईतवार १४:३३