

काठमाडौं । आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी हुनु भएको छ ।
प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याउनु भएको छ । उहांका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याउनु भयो ।
यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ । सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहनु भएको छ ।

खबर बजार । ६ मंसिर २०७९, मंगलवार १२:५८