

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायम छ ।
२०० मत गणना गर्दा साहले १२१ मत प्राप्त गर्नु भएको छ भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत पाउनु भएको छ । त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले ३ मत पाउनु भएको छ ।
यस्तै, उपाध्यक्ष पदमा उम्मेदवार टेकराज पछाई ११० मत, लालबहादुर महतारा ६० मत र दानसिंह परिवारले १८ मत पाउनु भएको छ ।
यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले १४०, रूद्रबहादुर शाहीले ५१ मत पाउनु भएको छ ।
उपसचिव पदमा रवीन्द्रराज शर्माले ९२, रमेश वहादुर शाहीले ७९, पद्मा खड्का ४३, मेनका पछाई ३६, तेज कुमार वि.क. २६, धिरेन्द्रराज गिरी २२, उव्जन बहादुर शाही १९, बखतबहादुर भण्डारी १४ र नारायण कुमार शाहले ९ मत प्राप्त गर्नु भएको छ ।
एमाले कर्णाली अधिवेशनमा आइतबार भएको मतदानको मतगणना आज सोमबार भएको हो ।

खबर बजार । १५ आश्विन २०८०, सोमबार १७:२७