चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनु भएको छ ।अन्तिम गणनामा उहाँले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनु भएको छ भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनु भएको छ ।