प्रदेश प्रहरी सेवा विधेयक प्रदेश सभामा टेबुल

सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ । सोमबार बसेको प्रदेश सभाको ३०औँ बैठकमा उक्त विद्येयक सभामा टेबुल भएको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश सभा समक्ष टेबुल गर्नु भएको छ ।

उक्त विद्येयक शान्ति सुरक्षा कायम गर्दै अपराधको अनुसन्धान रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त हक मौलिक हक र मानव अधिकारको संरक्षण तथा संवर्द्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन सुपरिवेक्षण समन्वय व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्नका लागि ल्याइएको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनु भयो ।