काठमाडौँ । विश्वकप फुटवलका अबका खेलहरु नि:शुल्क हेर्न पाइने भएको छ । दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा)को नीतिअनुसार नेपालमा पनि नि:शुल्क देखाइन लागेको हो।
विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तर फिफा को नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल नि:शुल्क देखाउनुपर्ने अवस्था छ ।
सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन् ।
नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ । जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ । अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी मिडियाहबले दिएको छ ।
यसअघि हिमालयन प्रिमियम नामक नयाँ नेटवर्क तयार गरिएको थियो । यस नेटवर्कबाट पनि आउने र हिमालयन टेलिभिजनको नियमित प्रसारणबाट समेत अबको खेल प्रसारण हुने मिडियाहबको भनाइ छ ।
खबर बजार । २६ मंसिर २०७९, सोमबार १६:२०