सुर्खेतमा बँदेल मार्न थापेको पासोमा बाघ

सुर्खेत । सुर्खेतमा बँदेल मार्न थापेको पासोमा बाघ परेको छ । इलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार सोमबार लेकवेशी नगरपालिका–७ लमनास्थित जङ्गलमा बँदेललाई थापेको पासोमा पाटे बाघ परेको हो ।

लमना गाउँदेखि अन्दाजी १०० मिटर टाढा जङ्गलमा बँदेललाई थापेको पासोमा पाटे बाघ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमाण्डमा ५ जनाको प्रहरी टोलीले बाघको सुरक्षा दिइरहेको छ । प्रहरीले निकुञ्ज र बन सँग समन्वय गरेर बाघ पठाउने तयारी गरिरहेको जनाएको छ ।