काठमाडौं । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित हुनु भएको छ । यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको सो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित हुनु भएको छ ।
एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गर्नु भएको छ भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नु भयो ।
खबर बजार । ८ मंसिर २०७९, बिहीबार १६:५४