काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताउनु भयो । उहाँले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिनुभयो । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताउनु भयो । बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताउनु भयो ।राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उहाँले गठबन्धन अहिले यथावत नै रहेको बताउनु भयो । तर भावी यात्राबारे अहिले कुरा नभएको उहाँले प्रष्ट पार्नु भयो ।
"
खबर बजार । १७ मंसिर २०७९, शनिबार १७:४४