

१७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाउनु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाउनु भयो । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।
यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल निर्वाचित भएको थियो । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार हुनु भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गर्नु भएको थियो ।
४ मंसिरमा भएको मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय गर्यो । त्यसपछि मतगणना सुरु भएको थियो ।
स्याङ्जा २ अन्तर्गतको दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित हुनु भयो ।
प्रदेश सभामा कांग्रेसका भोजराजसंग एमालेका मोहन रेग्मी र भट्टराईसंग बुद्विमान श्रेष्ठ पराजित हुनु भयो ।

खबर बजार । १७ मंसिर २०७९, शनिबार २१:२८