

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा पुन: एमालेमा फर्किनु भएको छ । आज एमाले महासचिव शङ्कर पोखरेलले उहांलाई स्वागत गर्नु भएको हो । बुढा तिनै नेता हुनुहुन्छ, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आउनु भएको थियो ।
डोल्पाबाट निर्वाचित उहां ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म कणाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहांले आफु पुरानै घरमा फर्किएको बताउनु भयो । उहांले भन्नुभयो,‘ विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं। तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको हुँ ।’

खबर बजार । १३ आश्विन २०७९, बिहीबार १५:४०