प्रधानमन्त्री देउवाको सम्बोधन यस्तो छ (पूर्णपाठ)

यसकारण भयो सवा १ घण्टा ढिलो सम्बोधन...

काठमाडौं । आफू प्रधानमन्त्री बनेको ६ महिनापछि शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

सम्बोधनमा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनदेखि कोभिड नियन्त्रण, विकास निर्माण र आर्थिक-सामाजिक परिवर्तनबारे बोल्नुभएको छ ।

उहाँले एक वर्षभित्र स्थानीय, प्रदेश र संघीय तहका निर्वाचन हुने बताउनुभयो ।

साथै कोरोना रोकथामको लागप खोप अभियानलाई प्रभावकारी बनाइएको बताउनुभयो ।

तोकिएको समयभन्दा सवा १ घण्टा ढिला सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाउनुभएको छ ।

लिखित सम्बोधनलाई पटक पटक पढ्न र तयारी गर्न समय लागेकाले तोकिएको समयभन्दा सवा एक घण्टा ढिला शुरु भएको जनाइएको छ ।

पहिला कागजमा लेखिएको सम्बोधन पढ्न बानी परेका प्रधानमन्त्रीलाई प्रविधिको प्रयोग गरि प्रोम्पटरमा पढ्न गाह्रो भएकोले रिहर्सलमा नै धेरै समय खेर गएको सम्बोधनको प्रत्येक्ष प्रसारणमा खटिएको सञ्चार टोलीले जनाएको छ ।

पढ्नुहोस् सम्बोधन :Adress-by-RH-PM-to-Nation-