

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनु भएको छ ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भयो ।
बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आउनु भएको थियो ।
अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उहां नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उहां उम्मेदवार नै बन्नुभएन ।

खबर बजार । १३ पुष २०७९, बुधबार १३:३८