गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ ।

आज शुक्रवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत माग्नुभएको थियो ।

मतदानमा अधिकारीको पक्षमा ३१ मत खसेको हो । उहाँको विपक्षमा २७ मत खसेको छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ ।

एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका अधिकारीलाई गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।