मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा बिहीबार उहाँलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत प¥यो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

Dailekhi urja

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिनु भएको थियो । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उहाँले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उहाँलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

nepalgunj