राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले रिक्त रहेको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो ।

सर्ट लिस्टमा पर्नेमा शर्मासँगै हल्दिवारी गाउँपालिका एक झापाका प्रा.डा.घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, किर्तिपुर नगरपालिका–५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल रहेका थिए ।

अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो ।