५ बजे फेरि बस्ने गरि सकियो बालुवाटारको बैठक

काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताउनु भयो । आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उहाँले भन्नुभयो, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’