काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई ताकेता गरेको छ ।
मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो ।
आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ ।
निर्वाचन व्यवस्थापनका लागि कानुनत: १२० दिन आवश्यक पर्ने आयोगले भनेको छ ।
निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।
स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको भन्दै आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भएकाले त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ ।
आयोगले यसअघि वैशाख १४ र २२ मा पनि चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो ।
खबर बजार । ११ माघ २०७८, मंगलवार १३:१५