

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री शाहले प्रदेशसभाको आज बस्ने बैठकमा विश्वासको मत माग्दै हुनुहुन्छ ।
त्यसअघि बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिनुभयो ।
शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

खबर बजार । २१ फाल्गुन २०७९, आईतवार १४:१३