ममता झालाई उपराष्ट्रपतिमा उठाउन जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने भएको छ ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिनुभयो ।

सदभावना पार्टीबाट राजनीति सुरु गर्नुभएकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुनुहुन्छ ।

उहाँ स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार हुनुहुन्छ ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।