काठमाडौं । सत्ताधारी दलहरुकै कुरो नमिलेर पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आजको लागि निर्धारण गरिएको छ ।
आइतवार दिउँसो १ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) माथि छलफल गर्ने संभावित कार्यसुची छ ।
अघिल्लो आइतवार सरकारबाट पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा दलहरू एकमत छैनन् ।
सत्ता गठबन्धन धरापमा पर्ने भएपछि सरकारको आग्रहमा यसअघि निर्धारण गरिएका बैठक अन्तिम समयमा स्थगित हुने भएकोले आजको बैठक पनि बस्ने कि नबस्ने भन्ने अन्योल छ ।
खबर बजार । १५ फाल्गुन २०७८, आईतवार ०७:०७