माओवादी केन्द्रले छाड्यो गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ ।

शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहनु भएका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाउनु भएको हो ।

शुक्रबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।