

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । १० पुसमा प्रधानमन्त्री भएकाले उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उहाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । तर सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गर्नु भएको छ । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षामन्त्री हुनुभएको छ ।
यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएको छ ।

खबर बजार । १७ चैत्र २०७९, शुक्रबार १३:४३